९ श्रावण २०८३, शनिबार

ट्राफिक नियम उल्लङ्घन गरेका रास्वपा सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिवाना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गरेको छ ।

गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताको उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो ।

आलोचना बढेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।

गुप्ताले बाल्यकाल बिताएको स्थानमा पुगेपछि पुराना सम्झनाले भावुक बनाएको उल्लेख गर्दै रमाइलोका क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लङ्घन भएको आफूले महसुस गरेको उल्लेख गरेका छन् ।

Skip This