काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको तीव्र गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।
शुक्रबार स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ४४ हजार ७७० रुपैयाँमा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेसँगै स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन् ।
चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । शुक्रबार चाँदी प्रतितोला १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ थियो ।
अमेरिकी डलरको मजबुती, अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको बदलिएको धारणा तथा बहुमूल्य धातुमाथि बढेको बिक्री दबाबका कारण विश्व बजारमा सुनचाँदीको मूल्य घटिरहेको छ । यही प्रभावका कारण नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उल्लेख्य कमी आएको हो ।










प्रतिक्रिया