काठमाडौं । संघीय संसद्अन्तर्गतका तीन समितिको बैठक आज (शुक्रबार) बस्दैछ । संघीय संसद् सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा भने अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गरिने भएकाले बिहान ११ बजे बैठक बोलाइएको छ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धमा छलफल गरिने भएको छ । बैठक दिउँसो २ः३० बजेबाट सुरू हुनेछ ।










प्रतिक्रिया