११ श्रावण २०८३, सोमबार

नीट प्रश्नपत्र लीक प्रकरणबारे बोले मोदी, भने– दोषीलाई सजाय दिन ‘फास्ट–ट्र्याक’ अदालत स्थापना गर्छौँ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानी नयाँ दिल्लीमा जारी युवा–विद्यार्थीहरुको आन्दोलनकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट प्रश्नपत्र लीक प्रकरणका घटनाहरूसँग सम्बन्धित विवादलाई समाधान गर्न फास्ट–ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन् ।

यसका लागि आवश्यक कारबाही सुनिश्चित गर्न सम्बन्धित विभागलाई निर्देशन दिइएको उनले बताए ।

‘पेपर लीकका सबै घटनामा मुद्दाहरूको शीघ्र किनारा लगाउन र दोषीलाई कडा सजाय सुनिश्चित गर्न ‘फास्ट–ट्र्याक’ अदालत स्थापना गरिनेछन् । आवश्यक कारबाही सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई निर्देशन जारी गरिएको छ ।’ उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विद्यार्थीहरूको हितको रक्षा गर्न सरकारले लिइरहेका निर्णयहरूको शृङ्खलामा यो एउटा महत्त्वपूर्ण कदम हो ।’

मोदीले देशका युवाहरूको हित र भविष्य सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

युवाहरूको भविष्यसँग खेलबाड गर्ने कसैलाई पनि नछोडिने उनको दाबी छ ।