११ श्रावण २०८३, सोमबार

पिपली जंगलबाट ११ थान भरुवा बन्दुक बरामद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । दाङको बंगलाचुली गाउँपालिका–८ स्थित घोरल भिर क्षेत्रअन्तर्गत पिपली जंगलबाट प्रहरीले ११ थान भरुवा बन्दुक बरामद गरेको छ ।

बुधबार बिहान प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका ११ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।