११ श्रावण २०८३, सोमबार

फिफा विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप : एक युवाको मृत्यु, १८ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भक्तपुरमा भएको झडपमा एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीका अनुसार मृत्यु हुनेमा बर्दियाका २६ वर्षीय राज कार्की रहेका छन् ।

प्रहरीका अनुसार भक्तपुरको घ्याम्पेडाँडास्थित एक होटलमा विश्वकपको फाइनल खेलको स्क्रिनिङ हेर्ने क्रममा सामान्य विवाद चर्किएपछि कुटाकुट भएको थियो । घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा सोमबार मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १८ जनालाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको छ ।

प्रहरीका अनुसार घटनास्थलको भिडियो स्क्रिनिङ तथा अन्य प्रमाणका आधारमा वास्तविक संलग्नता पुष्टि भएका व्यक्तिविरुद्ध मात्रै मुद्दा चलाइने तयारी गरिएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।