११ श्रावण २०८३, सोमबार

देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशका विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार खोटाङको साकेला गाउँपालिका–३ हात्तीसुडे निवासी ६४ वर्षीय तिलबहादुर कटुवाल सोही क्षेत्रस्थित लालीगुराँस वनको गोरेटो बाटोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै, महोत्तरीको बलवा नगरपालिका–५ निवासी अनिल यादवका ५ वर्षीय छोरा आयुषकुमार यादव सोही स्थानस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा डेरा गरी बस्दै आएका म्याग्दी घर भएका ४५ वर्षीय बबबहादुर कामी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।