११ श्रावण २०८३, सोमबार

व्यापारमा मन्दीपछि आर्थिक तनाव : कपडा व्यवसायी नवीन अग्रवालले लिए अप्रिय निर्णय

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यापारमा आएको मन्दीका कारण आर्थिक तनाव बढ्दै गएपछि काठमाडौंका कपडाका थोक व्यवसायी नवीन अग्रवालले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अग्रवालले सोमबार बेलुकी काठमाडौं महानगरपालिका–७, बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोर पछाडि रहेको आफ्नै घरको चौथो तलाको बार्दलीबाट हामफालेका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण अग्रवाल आर्थिक रूपमा निकै तनावमा थिए । उनी भारतबाट कपडा आयात गरी काठमाडौंमा थोक तथा खुद्रा बिक्री गर्दै आएका थिए । उनको व्यवसाय बौद्ध क्षेत्रमा सञ्चालनमा थियो ।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा आर्थिक दबाब र व्यापारिक मन्दीका कारण उनी मानसिक तनावमा रहेको देखिएको प्रहरी स्रोतले जनाएको छ ।

हाल नेपालमा लामो समयदेखि देखिएको आर्थिक सुस्तताले साना तथा मध्यम व्यवसायीमाथि गम्भीर दबाब सिर्जना गरिरहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।