सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ४७ नम्बर ढोकाबाट नदीमा हाम फालेका एक युवकको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–५ निवासी अन्दाजी २८ वर्षीय जयप्रकाश साह सोमबार दिउँसो करिब २ बजे कोशी नदीमा हाम फालेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा परिचालन भएको थियो । टोलीले मोटरबोटको सहायताले साहलाई ब्यारेजबाट करिब ९० मिटर तलबाट सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएका साहको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया