१० श्रावण २०८३, आइतबार

तीन वटा संसदीय समितिको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्अन्तर्गतको तीन समितिको बैठक आज (सोमबार) बस्दैछ ।

संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठकहरू बस्ने भएको हो । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ः१५ बजेबाट सुरू हुँदैछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्ध र विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा छलफल गरिनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा गरिने भएको छ । बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारितासम्बन्धी अध्ययन’ प्रतिवेदनबारे छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।