काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारूढ पार्टी जनता विमुक्ति पेरामुना (जेभिपी)का महासचिव तिल्भिन शिल्भाबीच जेभिपीको पार्टी कार्यालय कोलम्वोमा भेटवार्ता भएको छ ।
दुई पक्षीय भेटघाटमा नेपाल–श्रीलंकाको कम्युनिष्ट आन्दोलन, दुई पार्टीबीचको सम्बन्ध, एसियाली समाजवादी पार्टीहरूबीचको एकता र सहकार्यसहित कम्युनिष्टहरूको साझा गन्तव्य समाजवादमा पुग्ने विषयमा छलफल भएको बताइएको छ ।









प्रतिक्रिया