पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार दिउँसो कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र कुश्मा–९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रदेश अस्पताल कुश्मामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया