२ कार्तिक २०८३, सोमबार

पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको हेटौंडा–६ रोएनी कोलेनीस्थित कर्रा खोला नजिकै पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

शनिबार दिउँसो सवा १ बजे साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा–१७ का १४ वर्षीय युकेश राई डुबेर बेपत्ता भएका थिए । स्थानीय र सुरक्षाकर्मीको खोजीपछि उनलाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याइएपछि दिउँसो २ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले वर्षायाममा खोला, नदी तथा पानी जमेको स्थानमा पौडी नखेल्न तथा बालबालिकालाई जोखिमयुक्त स्थानमा जान नदिन सर्वसाधारणलाई आग्रह गरेको छ ।