९ श्रावण २०८३, शनिबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका—१४ बस्ने २७ वर्षीय सुरेन्द्र पटेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उक्त मुद्दामा ३ दिन कैद र ४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका—१२ श्रीपुरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेश गरिएको छ ।

Skip This