मोरङ । मोरङमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार केराबारी गाउँपालिका ५ की ७० वर्षीया विष्णुमाया मगरको टिपरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केराबारी गाउँपालिका ५ शान्ति चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरको ठक्करबाट मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी मगरको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







प्रतिक्रिया