११ श्रावण २०८३, सोमबार

मिटरब्याजीलाई अदालतले छोडे आत्मदाह गर्ने पीडितको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । जनकपुरधाममा मिटरब्याज पीडितले आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार जिल्ला अदालत धनुषा अगाडि प्रर्दशन गर्ने क्रममा मिटरब्याज पीडितहरुले आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

हिजो जनकपुरधामका तीन जना मिटरब्याजी पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ बस्ने हरेराम साह, निजको आमा रेखाकुमारी साह र निजको काका गोपाल साह रहेका छन् ।

उनीहरुले १०० जना भन्दा बढीसँग तमसुक बनाएर जमिन बेचेको, पैसा तिरे पनि जमिन फिर्ता नगरेको, लेखिएको भन्दा बढी पैसा लिएको, घरबारविहीन बनाएको लगायतका आरोपहरु छन् ।

पक्राउ परेका तीनै जनालाई आज जिल्ला अदालतबाट म्याद थप गर्न लगिएको बेला पीडितहरुले अदालत परिसर बाहिर नाराबाजी तथा प्रदर्शन गरेका हुन् । उनीहरुले पक्राउ परेका मिटरब्याजीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले पैसाको बलमा मिटरब्याजीहरु बाहिर निस्कन सक्ने भन्दै उनीहरुलाई कुनै पनि हालतमा नछाड्न अदालतसँग माग गरेका छन् । उनीहरुले अदालतले कुनै कारण देखाएर मिटरब्याजीहरुलाई रिहा गरे आफूहरु आत्मदाह गर्ने चेतावनी दिएका छन् ।