काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’को गीतमा प्रयोग भएका शब्दमा आपत्ति जनाएको छ ।
महासंघले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरेको हो ।
महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै महिला शिक्षकमाथि लाञ्छित, अपमानित शब्द र भाव प्रयोग गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको बताएका हुन् । उक्त गीतलाई तुरुन्तै बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासंघले आग्रह गरेको छ ।
‘त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने कुराप्रति समेत सचेत गराउँछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।








प्रतिक्रिया