६ श्रावण २०८३, बुधबार

दरबार हत्याकाण्ड दीपेन्द्र शाहले गरेका होइनन् : अध्यक्ष ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।

‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो । दरबार हत्याकाण्ड हुने वित्तिकै विश्वव्यापी रूपमा एउटा फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो, एउटा यस्तो रेडिमेड स्टोरी र दीपेन्द्र युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्‍याइयो’, उनले भने ।

अध्यक्ष ओलीले अहिलेसम्म त्यही गलत सूचना फैलिरहेको बताए । ‘२० औं वर्ष त्यसले एकछत्र त्यो गलत सूचनाले राज गर्‍यो । सही सूचना के हो अझै थाहा छैन । बिना अध्ययन त्यो कथाको रचनाकार को हो ? त्यो पनि थाहा छैन । त्यो कथाको मूल वाचक को हो ? त्यो पनि थाहा छैन । तर एउटा कथा रचना भयो र वाचन गरियो । त्यो एकैचोटी विश्वव्यापी रूपमा फैलियो ।’ उनले दरबार हत्याकाण्ड कसले गर्‍यो भन्नेकुरा अझै खुल्न नसकेको उल्लेख गरे ।

अध्यक्ष ओलीले दरबार हत्याकाण्ड दीपेन्द्रले प्रेम असफल भएर गरिएको कथा त्यस षड्यन्त्रमा संलग्नले बनाएको टिप्पणी गरे ।