काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो ।
दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाइएको छ ।








प्रतिक्रिया