७ श्रावण २०८३, बिहिबार

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि आवतजावत अवरुद्ध भएको छ ।

जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो ।

सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् ।