रौतहट । रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
मंगलबार राति गरुडा नगरपालिकाका २८ वर्षीय गौतमकुमार सहनीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । आगोबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ ।
डीएसपी वसन्त गौतमका अनुसार घाइते सहनीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ ।








प्रतिक्रिया