३० असार २०८३, मंगलबार

बैंकर ज्योति पाण्डेलाई मातृशोक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ ।

ज्योतिप्रकाश र दीपप्रकाशकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान ९१ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार लामो समयदेखि श्वासप्रश्वास लगायतका रोगबाट पीडित इन्दिराको नर्भिक अस्पतालमा निधन भएको हो । स्वर्गीय इन्दिराको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।