११ श्रावण २०८३, सोमबार

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने २ जना पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरूल हक र काठमाडौं बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् ।

साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा जावरूलले पीडित महिलाको अश्लील भिडियो र तस्वीर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब दिएको र आफ्नो अभीष्ट पुरा नभए पश्चात् उक्त अश्लील भिडियो र तस्वीर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी चरित्र हत्या गरेको खुल्न आएको छ । साथै, सरोजले अध्ययनको सिलसिलामा चिनजान भई साथी बनी प्रेम सम्बन्धमा समेत रहेको र सम्बन्ध छुटेपश्चात बारम्बार चरित्र हत्या गर्ने उद्देश्यले फेसबुकमार्फत अश्लील सामग्रीहरू पोस्ट गरी पीडितलाई दुःख हैरानी, मानसिक तनाव दिने कार्य गरेको खुल्न आएको छ ।

उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।