१२ श्रावण २०८३, मंगलबार

बर्खामा जोखिमपूर्ण बन्दै ग्रामीण सडक, यात्रा गर्नै कठिन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्रामीण क्षेत्रका अधिकांश सडक बर्खायाममा जोखिमपूर्ण बन्ने गरेका छन् । कतै हिलोले सडक अवरुद्ध हुन्छ भने कतै माथिबाट पहिरो खस्ने र तलबाट सडक भासिने समस्या देखिन्छ । सामान्य अवस्थामा साना सवारी चल्ने बाटो समेत वर्षात्को समयमा प्रयोग गर्न कठिन हुँदा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।