कञ्चनपुर । कञ्चनपुरको वेल्डाँडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।
आइतबार बेलुकातिर शुक्लाफाँटा जंगलमा घाँस काट्ने क्रममा उपाध्यायमाथि बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते उपाध्यायको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया