१२ श्रावण २०८३, मंगलबार

शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका बुबाले शनिबार आत्महत्याको प्रयास गरेका छन् ।

परिवारका अनुसार सरकारले शव बुझ्न दबाब दिएपछि शोकमा रहेका बुबाले आफ्नै घाँटी न्याक्न खोजेका थिए । आफन्तले तत्काल रोकेका थिए ।

गणेशको परिवार र सरकारबीच पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुवै पक्षबीच छलफल भए पनि सहमति हुन सकेको छैन ।

पठाओ चालक रहेका गणेशले महानगर प्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको थियो ।

गणेशको शव शुक्रबार राति वीर अस्पतालबाट महाराजगंजस्थित टिचिङ अस्पतालमा लगेर राखिएको छ ।