११ श्रावण २०८३, सोमबार

लागूऔषधसहित तीन जना पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले लागूऔषधसहित तीन जना पक्राउ गरेको छ ।

सिन्धुली, दुधौली नगरपालिका–७ पोखरेबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १०५ ग्राम र नगद १० हजार ५ सय रूपैयाँसहित सुनसरी हरिनगरा गाउँपालिका–३ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५९८८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र नगद ६३ हजार रूपैयाँसहित सोही नगरपालिका–१२ बस्ने २० वर्षीय समिर नेपाली समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।