२९ असार २०८३, सोमबार

परिवारसँग सहमति नभएपछि गणेश नेपालीको शव टिचिङ अस्पताल सारियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव वीर अस्पतालबाट महाराजगंजस्थित टिचिङ अस्पताल सारिएको छ ।

शुक्रबार राति परिवारले शव बुझ्न अस्वीकार गरेपछि सुरक्षा व्यवस्था कडा पार्दै शव टिचिङ अस्पताल सारिएको हो ।

यसैबीच, परिवार र सरकारबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । साथै, शव बुझ्न परिवार पक्षलाई दबाब दिइएको र वार्तामा अनाधिकृत व्यक्तिहरू समेत संलग्न भएको बुझिएको छ ।

परिवारका सदस्यहरू अझै वीर अस्पतालमै रहेका छन् ।

परिवारले शिक्षा, स्वास्थ्य, भरणपोषणको सुनिश्चितता तथा उचित क्षतिपूर्तिको माग राखेका छन् । तर सरकार पक्षले सबै माग पूरा गर्न नसक्ने जनाएको कारण सहमति हुन नसकेको बताइएको छ ।