काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक जनाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
४५ वर्षीय आश्विन राउतले भान्साकोठामा आफूलाई आगो लगाएको र घाइते अवस्थामा उनको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया