११ श्रावण २०८३, सोमबार

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी, सुकुम्बासीको बिचल्ली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातारको भारी वर्षाले कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बाढी पसेको छ ।

गएराति बागमती नदीको बहाव बढेर बाढी सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवार बिचल्लीमा परेका हुन् । उनीहरु आफ्ना सरसामान र लत्ताकपडा बचाउन नपाउँदै ज्यान जोगाउनका लागि सडकमा निस्किएका हुन् ।

उनीहरूले आफूहरू सुरक्षित र सम्मानजनक पुनर्स्थापनाको पर्खाइमा रहे पनि वर्षायाममा समेत जोखिमपूर्ण अवस्थामै बस्न बाध्य भएको गुनासो गरेका छन् । उनीहरुले यहाँ बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई धेरै कठिनाइ भएको बताएका छन् । यसअघि नै होल्डिङ सेन्टर क्षेत्रमा बाढी र डुबानको जोखिम रहेको भन्दै स्थानीय तथा सरोकारवालाले सुरक्षित व्यवस्थापनको आवश्यकता औंल्याएका थिए ।