काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ ।
दिउँसो १ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०८१/०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०८१/०८२, राष्ट्रिय महिला आयोगको अठारौ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्री साहको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।









प्रतिक्रिया