६ श्रावण २०८३, बुधबार

गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको हो । यससँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका साथै चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान तथा स्वास्थ्य जनशक्ति उत्पादनको आधार तयार हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन । अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा विभिन्न चरणमा नीतिगत तयारी र निर्णय हुँदै आएको थियो ।

सरकारको स्वीकृतिसँगै अस्पतालको संस्थागत संरचना,शैक्षिक कार्यक्रम सञ्चालन तथा आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।