४ श्रावण २०८३, सोमबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा बैठक आज (बिहीबार) पनि बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठक बिहान ११ बजेदेखि बस्नेछ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौं वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्री साहको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।