१० श्रावण २०८३, आइतबार

राजेन्द्र राईले सभामुखलाई कान सुन्न सक्नुहुन्न ? भन्दै प्रश्न गरेपछि संसदमा विवाद, बैठक स्थगित

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसद राजेन्द्र राईले सभामुखमाथि प्रश्न उठाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

सांसद राईले बोल्ने क्रममा सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भनेर सोधेपछि सभामुखले राईको माइक काटेका थिए । सभामुखले राईलाई बोल्न रोकेपछि एमालेका सांसदहरूले उठेर विरोध जनाए।

त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाइ सच्च्याउन भन्दै राईलाई दोस्रो पटक बोल्न समय दिए। तर, उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै ५ वर्ष सदन चलाउन नसक्ने बताइदिए।

‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन ?’ भन्दै प्रश्न गरेपछि सभामुखले बैठक रोके।