५ श्रावण २०८३, मंगलबार

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतका विभिन्न समितिको बैठक बुधबार बस्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ । बैठकमा मानव अधिकारको वर्तमान अवस्था, समस्या तथा संवर्धनमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिकाका विषयमा आयोगसँग छलफल गरिनेछ । साथै बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेस गर्ने कार्यसूची रहेको छ।

यसैगरी, पूर्वाधार विकास समितिको बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ः३० बजे बस्दैछ । समितिको बैठक कक्षमा बस्ने बैठकमा मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कार्यकारी निर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विषय विज्ञ डा. गोपाल चौधरीलाई आमन्त्रण गरिएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।