२२ असार २०८३, सोमबार

१७५ किलो गाँजासहित एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले १७५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका–६ माङमायाबाट लागूऔषध गाँजा १७५ किलो ५७० ग्रामसहित सोही नगरपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को. २ त ४८९८ नम्बरको ट्याक्टरलाई जाँच गर्दा २२ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।