३० असार २०८३, मंगलबार

आजको मौसम : पहाडी र तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश, कोशी प्रदेशको पहाडी र तराई भू–भाग, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । कोशी प्रदेशको हिमाली भू–भाग, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, कोशी प्रदेशको थोरै स्थानमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।‌

आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।