काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नर्वेले पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
स्टार स्ट्राइकर अर्लिङ हालान्डले ७९ औं र ९० औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए । नेयमार जुनियरले स्टपेज टाइम (९० प्लस १० औं मिनेट)मा पेनाल्टीमार्फत ब्राजिलका लागि एक मात्र गोल गरे ।

न्यु जर्सी रंगशालामा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ७९ औं मिनेटमा हालान्डले उत्कृष्ट हेडरमार्फत नर्वेलाई १–० को अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा हालान्डले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई २–० मा पुर्याए ।
यस खेलमा दुई गोल गरेसँगै हालान्डले जारी फिफा विश्वकपमा कुल सात गोल पूरा गरेका छन् । उनी अब प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरूको सूचीमा किलियन एम्बाप्पे र लियोनेल मेस्सीसँगै सामेल भएका छन् । योसँगै गोल्डेन बुटका लागि हुने प्रतिस्पर्धा अब अझ रोमाञ्चक बनेको छ ।
खेलको अन्तिम स्टपेज टाइम (९० प्लस १० औं मिनेट)मा ब्राजिलले पेनाल्टी पायो । नेयमारले त्यसलाई गोलमा परिणत गर्दै खेल १–२ बनाए, तर उक्त गोलले हारको अन्तर मात्र कम गर्यो । अन्तिम सिठ्ठी बज्दा नर्वेले ऐतिहासिक जित हासिल गर्यो र क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
हारसँगै ब्राजिलको यो विश्वकप यात्रा अन्तिम १६ मा समाप्त भएको छ ।








प्रतिक्रिया