३२ असार २०८३, बिहिबार

सामूहिक भजन कीर्तनबारे भएका टिकाटिप्पणीप्रति एमआरआर बुटवलको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल। एमआरआर टीम बुटवलले स्थानीय स्तरमा सञ्चालन गर्दै आएको सामूहिक भजन कीर्तन कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा फैलिएका आलोचना, भ्रम तथा नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।

टीमले उक्त कार्यक्रम पूर्ण रूपमा निस्वार्थ, सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पारेको हो। युवापुस्तालाई मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने तथा सकारात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले भजन कार्यक्रम आयोजना गरिएको टीमको भनाइ छ।

एमआरआर टीमका अनुसार कार्यक्रमका लागि आवश्यक सामग्री सदस्यहरूले व्यक्तिगत लगानीमा खरिद गरेका हुन्। भजन कार्यक्रमका नाममा कसैबाट चन्दा वा आर्थिक सहयोग नलिइएको र कुनै आर्थिक कारोबार नभएको पनि टीमले जनाएको छ।

कार्यक्रम हुने स्थानमा साउन्ड सिस्टम, कार्पेटलगायत आवश्यक व्यवस्थापन स्थानीय आमा समूह, टोल विकास संस्था तथा आयोजकहरूले स्वेच्छाले गरिदिने गरेको टीमले बताएको छ। टीमले रचनात्मक सुझाव र आलोचनालाई स्वागत गर्ने तर झुटा अफवाह फैलाएर युवाहरूको मनोबल गिराउने कार्य स्वीकार्य नहुने उल्लेख गरेको छ।

एमआरआर टीम बुटवलले आगामी दिनमा अझ व्यवस्थित रूपमा भजन कीर्तन अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।