काठमाडौं । दुई संसदीय समितिको बैठक आज (आइतबार) बस्ने भएको छ ।
आइतबार अर्थ समितिको १२ औं बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।
आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४ को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्यविधि तथा आचारसंहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।








प्रतिक्रिया