२२ असार २०८३, सोमबार

सरकार १०० बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण रुपमा असफल भयो : महासचिव पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो १०० बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण रुपमा असफल भएको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको १०० दिने कार्यकालले मुलुकलाई सही दिशा दिन नसकेको बताएका हुन् । सामाजिक सञ्जाल र एल्गोरिदमको सहारामा पाएको जनसमर्थन क्षणिक हुने भन्दै उनले पपुलिजमले देशका चुनौती समाधान गर्न नसक्ने बताए ।

‘आज सरकारका काम, कारबाही र गतिविधिहरू तथा विशेष गरी सरकारले सार्वजनिक गरेको सय बुँदे प्रतिबद्धतालाई आधार मानेर विश्लेषण गर्ने हो भने सरकार आफ्ना प्रतिबद्धताहरू पूरा गर्न पूर्णतः असफल भएको छ,’ महासचिव पोखरेलले भने, ‘मुलुक विधिको शासनबाट विचलित भएको छ र यतिबेला संविधान तथा लोकतन्त्रको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ ।’

सरकारको कामकारबाहीको आलोचना गर्दै महासचिव पोखरेलले मुलुक विधिको शासनबाट विचलित भएको र संविधान तथा लोकतन्त्रको भविष्यमाथि प्रश्नचिह्न खडा भएको बताए । सरकार स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ उन्मुख भएको टिप्पणी गर्दै पोखरेलले यसकाविरुद्ध जनतालाई सुसूचित गर्न एमालेले ‘मिसन पार्टी जागरण’ अभियान सुरु गरेको स्पष्ट पारे ।

महासचिव पोखरेलले भने, ‘यतिबेला हामी इतिहासकै जटिल मोडमा उभिएका छौँ । पपुलिजमले जनताको भावनाको दोहन गर्न त सक्छ तर जनअपेक्षा, राष्ट्रिय चुनौतीको सम्बोधन र समाधान तथा मुलुकलाई सही दिशा प्रदान गर्न सफल हुन सक्दैन । सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न पूर्णतः असफल भएको छ ।’