२४ असार २०८३, बुधबार

अनियन्त्रित मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ हात्तीलेटमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गौरीटारबाट चौघडा चोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किँदा चालक हेटौंडा–६ बस्ने १७ वर्षीय प्रतीक मानन्धर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार हेटौंडा–६ का १७ वर्षीय अंकुर लामाको दुवै हात र बाँया खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटना लगत्तै प्रहरी चौकी चौघडा र ट्राफिक प्रहरीको टोलीले उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पठाएको थियो ।