२० असार २०८३, शनिबार

बागमती प्रदेश : बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ‘ह्विप’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौंडामा बसेको बैठकले प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा पार्टी महामन्त्री गुरुराज घिमिरे आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए ।

कांग्रेसले नेकपा (एमाले)सँगको समन्वयमा प्रदेश सभामा बजेट प्रस्तुत गरेको हो । त्यसअघि दुवै पार्टीका संसदीय दलले कांग्रेसका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरेका थिए ।