२३ असार २०८३, मंगलबार

लागूऔषधसहित सात जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लागूऔषधसहित सात जना पक्राउ परेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेटसहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय विक्रन्त शाही, २२ वर्षीय बुद्ध गुरूङ, २० वर्षीय बज्रदेव महर्जन, ३० वर्षीय सुजन महर्जन र सोही ठाउँ बस्ने दाङ घर भएका २५ वर्षीय नविन बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१ बस्ने २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेशकुमार कुशहवा रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४० प ९१६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।