१९ असार २०८३, शुक्रबार

कर्णालीमा मिनिबस दुर्घटना : एकजनाको शव फेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालिकोट जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेर भएको दुर्घटनामा एकजनाको शव फेला परेको छ ।

आज बिहान साढे ११ बजे सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा नजिकबाट कर्णालीमा खसेको हो ।

एक युवकको शव नदीको भिरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामग्रीसहित परिचालन गरिएको छ।

प्रहरीले खोजी कार्य जारी राखेको छ ।