काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
सम्पत्ति शुद्वीकरण कसुरमा पक्राउ परेका पौडेलमाथि अनुसन्धानका लागि बिहीबार विशेष अदालतले तेस्रोपटक ६ दिन म्याद थप गरेको हो ।
विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थपिएको अदालत प्रशासनले जनाएको छ ।
असार ८ गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।








प्रतिक्रिया