१८ असार २०८३, बिहिबार

कालीकोट जाँदै गरेको गाडी कर्णाली नदीमा खस्यो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको छ ।

आज बिहान साढे ११ बजे सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा नजिकबाट कर्णालीमा खसेको हो ।

गाडी नदीमा डुबेर नदेखिने अवस्थामा रहेको बताइएको छ । गाडीमा कतिजना सवार थिए भन्ने खुलेको छैन ।

प्रहरी घटनास्थल पुगेको छ ।