२२ असार २०८३, सोमबार

तोलामै ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ ।