१२ श्रावण २०८३, मंगलबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ ।

बिहान ११ बजेदेखि बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत आजको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।