२८ असार २०८३, आइतबार

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र साहले थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।

यसैगरी, आयोगको सदस्यमा प्रा.डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले आवेदन, मूल्यांकन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा कुलपति साहले थापालाई नियुक्त गरेका हुन् ।